macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को संर्दभमा आज सिराईचुली होटल, भरतपुर, चितवनमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपाल मर्चेञ्ट बैंकर एसोसिएसन (WIW) को पहलमा आयोजना भएको उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका प्रतिनिधि श्री सानु खड्काको समेत उपस्थिति रहेको थियो ।

विश्व लगानीकर्ता सप्ताह (WIW) २०२३ एक हप्ता लामो, आई.ओ.एस.सिओ (IOSCO) द्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्त्व बारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूलाई केन्द्रिकृत गर्दछ ।

कार्यक्रमको मुख्य वक्ता एनआईएमबी एस क्यापिटल लिमिटेडका महाप्रबन्धक सचिन्द्र ढुंगाना हुनुहुन्थ्यो भने अन्तरक्रिया सत्रलाई कर्पोरेट एडभाइजरी विभाग प्रमुख भुवनराज पन्त र पीएमएस प्रमुख  सृष्टि शाहले सञ्चालित गर्नुभएको थियो ।

अन्तरक्रिया मुख्यतया “विश्व लगानीकर्ता सप्ताह २०२३” को मुख्य विषयवस्तुमा केन्द्रित थियो । लगानीकर्ताको लचिलोपन, क्रिप्टो सम्पत्ति र दिगो वित्त कार्यक्रमको यस अभियानको मुख्य विषयवस्तु हा भने ठगी र घोटाला रोकथाम, लगानीको आधारभूत र प्रविधि र डिजिटल वित्त अन्य पुरक बिषय बस्तु रहेका छन ।

कार्यक्रममा लगानीकर्ता सप्ताह २०२३ को मुख्य विषयवस्तुसँग नेपाली सेयर बजारका विभिन्न पक्षहरुको सम्वन्धका बारेमा पनि छलफल गरिएको थियो ।

उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि छलफल गरिएको थियो ।

महाप्रबन्धक ढुंगानाले कार्यक्रममा सहभागीहरुको जिज्ञासा समाधान गर्नुका साथै आगामी दिनमा पनि यस्तै अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैमा “विश्व लगानीकर्ता सप्ताह २०२३” को सफलताको सुभकामना समेत व्यक्त गर्नुभयो ।

 

१९ असोज २०८०, शुक्रवार १८:१९ बजे प्रकाशित

NTA long ad