stcnepal long ad
global ime bank long

एनआईसी एशियामा अनलाईन मार्फत खाता खोल्न थप सहज

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौँ । कोरोना भाइरसको संक्रमणलाई कम गर्न नेपाल सरकारले लकडाउन जारी गरिरहेका बेला एनआईसी एशिया बैंकले घरमै बसी अनलाईन खाता खोल्न चाहनेहरुको सेवा तथा सुविधाको लागि खाता खोल्ने प्रक्रियालाई थप सहज तथा ग्राहकमैत्री बनाएको छ ।

यस विषम परिस्थितिमा समेत अनलाईन खाता खोल्ने ग्राहक महानुभावहरूको संख्यामा उल्लेख्य वृद्घि भइरहेको अवस्थामा बैंकले प्रक्रियामा थप सुधार गरी छोटो समयमै ग्राहक महानुभावहरूले खाता खोल्न सक्ने सुविधा ल्याएको हो । सर्वप्रथम ईमेल, नाम, मोबाईल नम्बर, जन्ममिति, शाखा जस्ता विवरण भरिसकेपछि ग्राहक महानुभावले दोस्रो चरण पूरा गर्नका लागि बैंकबाट इमेल प्राप्त गर्नुहुनेछ ।

दोस्रो चरणमा ठेगाना, परिचय, परिवार लगायतका विवरण ग्राहकले भर्नुपर्ने हुन्छ । त्यसपछि ग्राहक महानुभावले आफ्नो डकुमेन्ट समेत सहज रुपमा अपलोड गर्न सक्नुहुनेछ ।

साथै, विवरण भर्ने क्रममा सही विवरण भर्न समेत आवेदकलाई त्यहाँबाट सुझाव प्राप्त हुनेछ । विदेशमा रहनु भएका महानुभावहरूले ईमेल मार्फत आफ्नो सम्पर्क विवरणसहित खाता खोल्नका लागि ईमेल मार्फत अनुरोध गर्न सक्नेछन् । यो प्रक्रिया प्रयोगकर्ताले तत्काल खाता नम्बर प्राप्त गर्नुहुनेछ तर बैंकले सम्पूर्ण विवरण चेक गरेर मात्र त्यसलाई मान्यता दिनेछ ।

तसर्थ, अब ग्राहक महानुभावहरुले खाता खोल्नको लागि चाहिने सम्पूर्ण विवरण तथा फोटो आफ्नो साथैमा राखि बैंकको वेबसाईटमा गई अनलाईन खाताको निवेदन भर्न सुरु गरेमा ५ मिनेटमै सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिनेछ ।

यसरी अनलाईन खाता खोलेका ग्राहकहरूले लकडाउन अवधीसम्म मोबाईल बैंकिङ्गमार्फत पहिलो कारोबार गर्दा रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

IME Lifesidebar
kumari