कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाको लाभांश घोषणा
काठमाडौं । कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड ‘कुमारी इक्विटी फन्ड’ र ‘कुमारी धनृवृद्धि योजना’ को लाभांश घोषणा भएको छ ।
क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट इक्विटी फन्डका इकाईधनीहरुलाई कर सहित १०% र धनृवृद्धि योजना फन्डका इकाईधनीहरुलाई करसहित ८% नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो ।