citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ५.७५ प्रतिशतको आकर्षक ब्याजदरमा एसएमई कर्जा योजना सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले ५.७५ प्रतिशतको आकर्षक ब्याजदरमा एसएमई कर्जा योजना सार्वजनिक छ । व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै अति आकर्षक ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा सुविधा उपलब्ध गराउने नयाँ योजना ल्याएको बैंकले जनाएको छ ।

यो ब्याजदर एक बर्षसम्म स्थिर रहनेछ । ‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने नाराका साथ सञ्चालनमा रहेको एनआईएमबी एसएमई कर्जा मार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जा सदुपयोगिताको आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराउने लक्ष्य रहेको इन्भेष्टमेन्ट बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस योजनामार्फत व्यवसायी तथा उद्यमीहरूले आफ्नो व्यवसाय विस्तार, चालु पूँजी व्यवस्थापन, नयाँ लगानी तथा व्यवसायको आवश्यकता अनुसार कर्जा प्राप्त गर्न सक्नेछन् । एनआईएमबीले देशभर रहेका २५१ शाखामार्फत एसएमई कर्जासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको छ ।

बैंकले मेहनती उद्यमी तथा व्यवसायीहरूसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यवसायिक विकास र समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।

IME Life
kumari