औषधि किन्दा २२ प्रतिशतसम्मको छुट सनराइज बैंकका ग्राहकले पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । सनराइज बैंकका ग्राहकले घरमै बसेर औषधि तथा आवश्यक मेडिकल किट खरिद गर्दा २२ प्रतिशतसम्म छुट र क्यास ब्याक पाउने भएका छन् । बैंकले ग्राहकहरुको स्वास्थ्य, सेवा र सुविधालाई मध्यनजर गर्दै उक्त व्यवस्था ल्याएको हो ।

बैंकले हालको लकडाउनको अवस्थामा पनि इजि केयरमा गरिएको खरिदका लागि सनराइज बैंकको क्यू.आर कोड तथा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी आवश्यक औषधि खरिद तथा ब्लड टेष्ट फ्रम होम सुबिधा लिने ग्राहकहरुलाई १२ प्रतिशत छुट र १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्नेछ ।

त्यसका साथै ग्राहकहरुले बैंकको कार्ड वा क्यू.आर कोड प्रयोग गरी आवश्यक मेडिकल किट जस्तै मास्क, पन्जा, सेनिटाइजर, स्प्रे तथा अन्य सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको विशेष छुट पनि पाउन सक्नेछन् ।

अवस्थाको जटिलता तथा ग्राहकहरुको सहजता, सुविधा र सुरक्षालाई ध्यानमा राखेर बैंकले काठमाडौं अरगेनिक, नेप मेड्स, मेरो किराना र फुडमाण्डुमा आवश्यक सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक पाउन सक्ने व्यवस्था गरेको छ ।

त्यस्तै, घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ सुविधाको उपभोग गर्न बैंकले ग्राहकलाई आग्रह गरेको छ । साथै, बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी ए.टि.एम नेटवर्क, अनलाइन बैंकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।

IME Lifesidebar
kumari