stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एडीबीद्वारा नेपाललाई २५ करोड डलर ऋण उपलब्ध गराउने घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल
काठमाडौं ।एसियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ । एसियाली विकास बैंकले मंगलबार उक्त ऋण सहायता स्वीकृत गरेको हो । यस सहायताबाट नेपाललाई कोरोना विरुद्ध लड्न सहयोग पुग्ने एडीबीले बताएको छ ।

यस सहुलियतपूर्ण ऋणबाट कोरोनाको महामारीसँग जुध्ने उपायलाई निरन्तरता दिन, गरिब र कमजोर वर्गका लागि सामाजिक संरक्षणका कार्यक्रम विस्तार गर्दै तीव्र आर्थिक सुधारको चरणलाई तय गर्न सहयोग पुग्ने बैंकका अध्यक्ष मात्सुगु असकावाले जानकारी दिए ।

कोरोनाका कारणले हाल नेपालको सार्वजनिक स्वास्थ्यमा समस्या देखिएको उसको भनाई छ । कोरोना र जारी लक डाउनले नेपालको समग्र सामाजिक र आर्थिक विकासमा ठूलो असर पार्ने आशंका गर्दै अध्यक्ष असकावाले समन्वयपूर्ण तरिकाले सरकार र अन्य विकास साझेदारसँग मिलेर काम गर्नेसमेत उल्लेख गरे । एडीबीले उक्त सहयोग ‘एक्टिभ रेसपोन्स एन्ड एक्पेन्डिचर सपोर्ट’ (केरेस) कार्यक्रम अन्तर्गत उपलब्ध गराउन लागेको हो ।

यो रकमबाट सातै प्रदेशमा महिला र पुरुषका लागि छुट्टै वार्ड सहितका कम्तीमा २ लाख मानिसका लागि क्वारेन्टाइन सुविधा प्रदान गर्न खर्च गनिरे छ । यसैगरी, प्रतिदिन कम्तिमा ३ हजार कोरोना परीक्षणका लागि यसले सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । कोरोना विपद्बाट अतिप्रभावित लघु साना र मझौला उद्योगमा पनि अनुदानपूर्ण ऋण दिइनेछ ।

prabhu mahalaxmi
kumari