citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

हङकङबाट सिटी एक्सप्रेस मार्फत निःशुल्क रकम पठाउन सकिने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । हङकङको ख्याति प्राप्त KME Remittance लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटेन्स कारोबार शुरु भएको छ । हङकङमा रहेका नेपालीहरुले KME Remittance को सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाईल वालेटमा लोड गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र KME Remittance लिमिटेडको तर्फबाट निर्देशक कबिता गुरुङ्गले हस्ताक्षर गरेका थिए ।

सोमबार औपचारिक समारोहका बिच हङकङबाट नेपाल पठाउने पहिलो बिप्रेषण कारोबार नेपालको लागि हङकङका महाबाणिज्य दूत कमलप्रसाद भट्टराईद्वारा उद्घाटन गरी रेमिटेन्स कारोबार शुरु गरिएको हो ।

साथै नेपाल बिप्रेषण पठाउदा १ हप्ता को लागि निःशुल्क पठाउने व्यवस्था गरिएको छ र यो व्यवस्था ३१ मे २०२० सम्म लागु हुने कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

gold
kumari bank