citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नोटलाई ३ वर्गमा वर्गीकरण, अब कस्तो नोट कुन वर्गमा ?

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सफा नोट नीतिलाई थप व्यवस्थित गरेको छ । आइतबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले नोटलाई ३ वर्गमा वर्गीकरण गर्नुपर्ने जनाएको छ ।

वित्तीय संस्थाहरुले आफूले पाएको नोटलाई एटीएम लगायतमा मेसिनका माध्यमबाट चलन चल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गर्न योग्य वा चलन चल्तीमा पठाउन अयोग्य भनेर वर्गीकरण गर्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले एटीएम लगायतका मेशिनहरुको माध्यमबाट चलन चल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङको स्लिप प्रयोग गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

साथै, काउन्टरबाट भुक्तानी गरी चलन चल्तीमा पठाउन योग्य नोटको प्याकेटलाई सेतो रङको स्लिप र चलन चल्तीमा पठाउन अयोग्यलाई रातो रङको स्लिप प्रयोग गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

विभिन्न रङ प्रयोग गरिएका नोटको स्लिपमा सम्बन्धित बैंक वित्तीय संस्थाको नाम, कार्यालय वा शाखाको नाम, छाप, नोट गन्ती गर्ने कर्मचारीको नाम लगायतका विवरण खुलाउन पनि निर्देशन दिइएको छ ।

gold
himalayan life insurance long ad
kumari bank