नेपाल बङ्गलादेश बैँकले कर्मचारीहरुको कोरोना भाइरस विरुद्धको बीमा गर्यो

आर्थिक सञ्जाल २०७७ जेठ ५ गते सोमबार
काठमाडौं । नेपाल बङ्गलादेश बैकले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस महामारी विरुद्धको बीमा गरेको छ । बैकमा काम गर्ने हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै कोरोना बीमा गरेको बैकले जनाएको छ । बैक र आईएमई जनरल इन्योरेन्स बिचमा कोरोना बीमाको सम्झौता भएको हो ।
सम्झौता अनुसार अब बैकमा कार्यरत कुनैपनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा Polymerase Chain Reaction (PCR) टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापत उपलब्ध गराउने छ ।
हाल बैकले आफ्ना ९५ वटा शाखा कार्यालय मार्फत नेपालभरी आफ्नो बैकिंग सेवा दिइरहेको छ ।