लिपुलेक र लिम्पियाधुरासहितको नक्सा मन्त्रिपरिषद्ले पारित गर्यो

आर्थिक सञ्जाल २०७७ जेठ ५ गते सोमबार
काठमाडौं । सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा पास गरेको स्राेतले बतायाे ।
भूमि सुधार मन्त्रालयले लिपुलेक समेटिएर नक्सा मन्त्रिपरिषद्मा पेश गरेको थियो। यसअघि सरकारको नीति तथा कार्यक्रममै लिम्पियाधुरा,कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने उल्लेख गरिएकाे छ ।
नापी विभागले तयार पारेको नक्सालाई भूमिसुधार मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषद बैठकमा लगेर छलफल गरेपछि मात्र नक्सा पारित भएकाे हाे । नेकपा सचिवालय बैठक तथा संसदीय समितिले पनि नक्सा जारी गरेकाे थियाे ।