stcnepal long ad
ime life insurance
national life
global ime bank long

मुक्तिनाथ बैंकको अभियान अन्तर्गत कृषि सहकारी दर्ता गरिँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ‘गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा’ भन्ने अभियान अन्तर्गत मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारी मार्फत् उद्यमशिता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियानलाई निरन्तरता दिँदै आएको छ ।

यसै सिलसिलामा बैंकले नवलपरासी जिल्लाको हुप्सेकोट गाउँपालिकामा स्थानीय समाजसेवी ओम घर्तिमगरको सहजीकरण र कृषक टोपबहादुर सेनको अध्यक्षतामा हुप्सेकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था दर्ता प्रक्रिया अघि बढाइएको छ ।

मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालको अध्यक्षता र हुप्सेकोट गाउँपालिकाका प्रमुख लक्ष्मी देवी पाण्डेको प्रमुख अतिथ्यतामा आयोजित आम जनभेलामा सम्बन्धित वडाका अध्यक्ष, स्थानीय बुद्धिजिवि, समाजसेवी, कृषक, उद्यमी लगायत स्थानिय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा मुक्तिनाथ विकास बैंकको तर्फबाट समुदाय स्तरिय सहकारी शिक्षा र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कृषि प्रविधि हस्तान्तरण साक्षरता प्रशिक्षण पनि संचालन भएको थियो ।

प्रशिक्षणलाई मुक्तिनाथ कृषि कम्पनीका कर्मचारी रामशरण तिम्लसीना, अनुज अधिकारी र मुक्तिनाथ विकास बैकका कर्मचारी सन्तोष रोकाले सहजीकरण गरेका थिए ।

सहकारी दर्ता पश्चात उक्त सहकारीले स्थानीय कृषक तथा उद्यमीलाई मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीसँग जोड्ने पुलको काम गर्ने बताइएको छ ।

IME Lifesidebar
kumari