कृषि विकास बैंकको प्रमुख सूचक सामान्य दबाबमा पर्दा इपीएस कति ?

आर्थिक सञ्जाल २०७७ वैशाख ३० गते मंगलबार
काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । नाफा गत वर्षको भन्दा ७.७८% थोरै हो । गत वर्ष बैंकले २ अर्ब २१ करोड २१ लाख रुपैयाँ खुद नाफा मात्र कमाएको थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १७.७३% र २.४४% ले घटेको छ । बैंकको वितरण योग्य नाफा पनि ५.३३% ले तल झरेको छ । चैत मसान्तसम्म यो बैंकले १ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ छ । बैंकको रिजर्भ कोषमा भने १० अर्ब ४३ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ २२ पैसाले घटेर २६ रुपैयाँ ५५ पैसामा सीमित भएको छ ।