stcnepal long ad
global ime bank long

नेपाल इन्भेष्टमेन्ट बैंकलाई लक डाउनको सामान्य प्रभाव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख ३० गते मंगलबार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ४९ करोड ५५ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा रकम गत वर्षको भन्दा २.७३% थोरै हो । गत वर्ष बैंकले २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ७.६५% र ३.३०% ले घटेको छ । एक वर्षको अन्तरालमा बैंकको वितरण योग्य नाफा पनि ८२.८०% ले घटेको छ । चैत मसान्तसम्म बैंकले १ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ छ । बैंकको रिजर्भ कोषमा भने ११ अर्ब ५७ करोड रुपैयाँ छ । रिजर्भलाई आकर्षक मान्न सकिन्छ ।
इन्भेष्टमेन्टको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७९ पैसाले घटेर २३ रुपैयाँ ३८ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १९० रुपैयाँ छ ।

IME Lifesidebar
kumari