stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैंकले दिने २ प्रतिशतबाहेक एनआईसी एसिया आफैले ऋणीहरुलाई १० प्रतिशत ब्याज छुट दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २३ गते मंगलबार

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ऋणीहरुलाई नेपाल राष्ट्र बैंकले प्रदान गर्ने दुई प्रतिशत ब्याज सहुलियत बाहेक आफूले १० प्रतिशत ब्याज छुट दिने घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकले वैशाख १६ गते कोभिड १९ बाट ऋणीहरुलाई परेको असर न्यूनीकरण गर्न बैंक र वित्तीय संस्थाहरुले ऋणीहरुको २०७६ चैत मसान्तसम्म कायम ब्याज दरमा दुई प्रतिशत कम गर्न निर्देशन दिएको थियो ।

यसबाट ऋणीहरुको गएको चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत बिन्दले कम गरी आर्थिक बर्ष २०७६/७७ को चौथो त्रैमासको ब्याज रकम गणना गर्नुपर्ने तथा यसरी ब्याजदर गणना गर्दा बैंक तथा वित्तीय संस्थाहरु आधारदरभन्दा कम गर्न बाध्यकारी नहुने व्यवस्था गरिएको छ । साथै, आउँदो असार मसान्तपछि विद्यमान अवस्था अनुसार आधार दरका आधारमा कायम हुने ब्याजदर निर्धारण गर्न सकिने समेत राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

राष्ट्र बैंकले गरेको छुट खाद्य प्रशोधन तथा बिक्री वितरण, ग्यास उत्पादन तथा बिक्री वितरण, सोप एण्ड केमिकल्स, औषधि बिक्री वितरण, दूरसञ्चार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती र मदिराजन्य उद्योग, विद्युत आयोजनामा लागू नहुने जनाइएको छ ।

राष्ट्र बैंककै निर्देशनमा गएको चैत मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैयमासिक किस्तावन्दी कर्जाहरुमा ऋणीहरुले चैत महिनाभित्र नै ब्याज तथा किस्तामा समाबिष्ट ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्न निर्देशन दिएको थियो । सोही निर्देशनको पालना गर्दै आफूहरुले अतिरिक्त १० प्रतिशत ब्याज छुट दिने निर्णय गरेको एनआईसी एसिया बैंकको भनाई छ ।

IME Lifesidebar
kumari