stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मर्जर सम्झौता गरेका कुमारी बैंक र एनसीसी बैंकको स्वाप रेसियो संचालक समितिबाट पारित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को सेयर आदानप्रदान अनुपात(स्वाप रेसियो) पारित भएको छ।

गत मंसिर १ गते बसेको संचालक समिति बैठकले मर्जर प्रयोजनका लागि संस्थाको स्वाप रेसियो १ बराबर १ अनुपात कायम गर्ने निर्णय गरेको हो।

गत असोज १० गते मर्जर प्रयोजनका लागि दुबै बैंकबीच सहमति भएको थियो। समझदारीपत्रको आधारमा गठन गरिएको संयुक्त मर्जर समितिबाट दुबै बैंकको सम्पत्ति दायित्व तथा कारोबारको मुल्यांकन गरी मूल्यांकन प्रतिवेदनका आधारमा सो सेयर अनुपात निर्धारण गरेको हो।

यी दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।

prabhu mahalaxmi
kumari