stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु बैंक र हङ्गर हव रेष्टुरेण्ट एण्ड बार प्रा. लि.का बिच सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंक लिमिटेड र हङ्गर हव रेष्टुरेण्ट एण्ड बार प्रा. लि.का बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता २०७९ साउन १० गते सम्पन्न भएको छ ।

बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र हङ्गर हव रेष्टुरेण्ट एण्ड बार प्रा. लि.का तर्फबाट अध्यक्ष तीर्थ लाल महर्जनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र उक्त रेष्टुरेण्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले हङ्गर हव रेष्टुरेण्ट एण्ड बार प्रा. लि.द्धारा सञ्चालित रेष्टुरेण्टमा “फुड” र “वेभरेज” मा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत हङ्गर हव रेष्टुरेण्ट एण्ड बार प्रा. लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हङ्गर हव रेष्टुरेण्ट एण्ड बार प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

prabhu mahalaxmi
kumari