stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा पचास वर्ष यताकै आर्थिक मन्दी आउने चेतावनी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ मा पचास वर्ष यताकै आर्थिक मन्दी आउने चेतावनी दिएको छ ।

विश्वका थुप्रै संस्थाहरू टाट पल्टिने र त्यसले कतिपय देशहरूलाई नै समस्यामा पार्ने पनि आइएमएफको भविष्यवाणी छ ।

केन्द्रीय बैंकहरूले मौद्रिक नीतिमा गरेको कडाइले पूँजी बजारलाई प्रभावित गर्ने र त्यसले थुप्रै देशहरूको आर्थिक स्वास्थ्य समेत धरासायी बनाउने उसको विश्लेषण छ ।

आईएमएफले जारी गरेको ग्लोबल इकोनमिक आउटलुकमा विश्व अर्थतन्त्र झनै अनिश्चित र निराश अवस्थामा पुग्ने प्रक्षेपण गरिएको छ ।

मौद्रिक नीतिमा कडाइ गर्दा त्यसले ब्याजदर बढाउने र ब्याजदर बढ्दा ऋण लिनेहरू घट्ने तथा खराब ऋण बढेर संस्थाहरू समस्यामा पर्ने पनि आईएमएफको तर्क छ ।

विकसित, अल्पविकसित र विकासोन्मुख देशहरूमा विदेशी मुद्राको घट्दो सञ्चिति, लगानीयोग्य पुँजीको अभाव र बढ्दो मूल्यवृद्धिको समस्या छ ।

जसका कारण तल्लो वर्गका लागि दैनिक चलाउनै मुस्किल भईसकेको छ । आईएमएफले सन् २०२३ पचास वर्ष यताकै मन्दीको वर्ष हुने पनि ठोकुवा गरेको छ ।

आईएमएफले सरकार तथा केन्द्रीय बैंकहरूलाई विवेकपूर्ण औजारहरू प्रयोग गरेर अर्थतन्त्र बचाउन भनेको छ ।

prabhu mahalaxmi
kumari