stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आराध्याको मन छुने टिजर सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । छिट्टै प्रदर्शन हुन लागेको सर्ट फिल्म आराध्याको टिजर सार्वजनिक गरिएको छ ।
टिजरमा एउटा अति व्यस्त परिवारमा जन्मिएको बच्चाको मनोभाव र उक्त परिवारको तस्विरलाई चित्रण गर्न खोजिएको बुझ्न सकिन्छ ।

यो फिल्मको स्क्रिप्ट तथा निर्देशन रामजी ज्ञवालीले गरेका हुन भने चलचित्रमा अभिनेता आमिर गौतम, सुरविना कार्की, द्रोस्टी शाह, सफु बुढाथोकी, श्रृष्टि भुषाल, प्रन्जल पौडेल, नारायण कंडेल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

यो कथा एउटा मात्रै परिवारका होइन, धेरै परिवारमा घटिरहेका घटना हो, जसलाई काल्पनिक रुपमा प्रस्तुत गरिएको हो, निर्देशक ज्ञवालीले भने,– ‘फिल्म सार्वजनिक भएपछि हरेक परिवारले आफ्ना बच्चाबच्ची प्रति कतिसम्म हलचेक्राई गरिएको रहेछ भन्ने थाहा हुनेछ ।’ टिजर हेरेपछि चलचित्रका कथा बुझ्न खासै गाह्रो पर्दन ।

सन्जित कुमार शाहको निर्माणमा बनेको सर्ट फिल्मका कार्यकारि निर्माता राजेश कुमार शाह हुन ।
राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको सर्ट फिल्म आराध्यामा कलर संयोजन राजेन्द्र मोक्तान, योगेश काजीको ब्याकग्राउण्ड म्युजिक, नहकुल खड्काको सम्पादन छ । चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् ।

चलचित्रमा समाबेश एउटा बाल गीतमा आरसी शाहले आवाज दिएकी छन् । उक्त गीतका गीतकार भने जिवन भण्डारी हुन् ।

विशाल निरौलाको म्युजिक एरेन्जमा तयार उक्त गीत चलचित्र प्रदर्शन भन्दा केहि समय अघि सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।

prabhu mahalaxmi
kumari