citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

लक्ष्मी बैंक र सिभिल बैंकको बागमती प्रदेशको कोरोना रोकथाम कोषमा सहयोग

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २४, २०७६ सोमबार

हेटौंडा । बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा लक्ष्मी बैंक  सहयोग गरेका छन् । बैंकका प्रतिनिधिहरुले मुख्यमन्त्री निवास चौकीटोल हाईटमा पुगेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

लक्ष्मी बैंकका हेटौंडा शाखा प्रमुख भुवन कोइरालाले १० लाख र सिभिल बैंकका हेटौंडा शाखाका लक्ष्मी आचार्यले ५ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

बिपत्तिको घडीमा सबैको साथ र सहयोग अपरीहार्य हुने भन्दै मुख्यमन्त्री पौडेलले धन्यवाद व्यक्त गरे । जिल्लाका सहकारी सङ्घहरुको सहयोग यता, मकवानपुर जिल्लाका विभिन्न सहकारी सङ्घहरुले बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम सहयोग गरेका छन् ।

जिल्ला सहकारी सङ्घ मकवानपुरका अध्यक्ष एवं राष्ट्रिय सहकारी सङ्घका केन्द्रिय सदस्य नारायण देबकोटाको नेतृत्वको टोलीले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई रकम हस्तान्तरण गरेको हो ।

मकवानपुर जिल्ला सहकारी सङ्घबाट ५० हजार, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ बाट १ लाख १ हजार, मकवानपुर बचत तथा ऋण सहकारी सङ्घ बाट १ लाख १ हजार, मकवानपुर बहुउद्देश्यीय सहकारी सङ्घ बाट २५ हजार र मकवानपुर कृषि सहकारीबाट २५ हजार गरि जम्मा ३ लाख २ हजार रुपैयाको चेक हस्तान्तरण गरिएको हो । सहकारीहरुको स‌ंघहरुले स‌युक्तरुपमा गरेको कोषमा सहयोग गरेको भन्दै मुख्यमन्त्री पौडेलले प्रशंसा समेत गरे ।

gold
himalayan life insurance long ad
kumari bank