macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

उच्च अदालत पाटनले हिमालयन बैंकको लाभांश तत्काल खुलाउन निर्देशन

हिमालयन बैंक र नेपाल इन्भेष्टमन्ट बैंकको मर्जर भाँडिएसँगै राष्ट्र बैंकले लाभांश वितरण रोक्न निर्देशन दिएको थियो ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन बैंकको लाभांश नरोक्न उच्च अदालत पाटनले निर्देशन दिएको छ । उच्च अदालत पाटनले नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा लगाएको रोक तत्काल खुलाउन निर्देशन दिएको हो ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमन्ट बैंकको मर्जर भाँडिएसँगै राष्ट्र बैंकले लाभांश वितरण रोक्न निर्देशन दिएको थियो । उक्त निर्देशन विरुद्ध हिमालयन बैंक उच्च अदालत पाटनमा गएको थियो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको थियो । यसैबीच राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले २०७८ कात्तिक १६ गते लाभांश वितरणमा रोक लगाएको थियो ।

यसको विरुद्ध हिमालयन बैंकले गत २०७८ मंसिर १० गते मुद्दा हालेको थियो । राष्ट्र बैंकको निर्णयविरुद्ध परेको निवेदनमा उच्च अदालतले परमादेश जारी गर्दै राष्ट्र बैंकको निर्णय खारेज गरिदिएको हो ।

himalayan life insurance
igi long
NTA long ad