काेराेना उपचार काेषमा प्राइम बैंककाे १ कराेड ७५ लाख सहयाेग

आर्थिक सञ्जाल चैत्र २१, २०७६ शुक्रबार
काठमाडौं । प्राइम कमर्सियल बैंकले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार काेषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । उक्त काेषमा सहयाेग गर्ने बैंकहरू मध्ये अहिलेसम्म प्राइम बैंक सबैभन्दा धेरै रकम हाे ।
महामारी राेकथाम कार्यमा सबैले सहयाेग गर्नु पर्ने जनाउँदै उनले सक्दाे सहयाेग गर्न गरेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास
मानन्धरले बताए । लकडाउनकाे बेलामा खान नपाएकाे मानिसहरूलाई खाद्यान्न वितरण गरेर सहयाेग गर्ने डीआइजी विश्वराज पाेखरेलकाे पराेपकारी कार्यमा पनि बैंकले सहयाेग गरिरहेकाे बताए ।
लक डाउनकाे बेलामा बैंकले ८४ वटा शाखाबाट सेवा प्रदान गरिरहेकाे मानन्धरले बताए । ‘यस्ताे बेलामा हामीले जागिर खाने हाेइन, ड्युटी निर्वाह गर्ने हाे’ मानन्धरले भने ।
महामारीकाे बेलामा पनि स्वास्थ्य कर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीले पनि आफ्नाे कर्तव्य निर्वाह गरिरहेकाे उदाहरण दिदै बैंकका कर्मचारीलाई पनि आफ्नाे कर्तव्य निर्वाह गर्न प्रेरित गरेकाे उनले बताए ।