कोरोना उपचार कोषमा प्रभु बैंकको १ करोड १ लाख सहयोग

आर्थिक सञ्जाल चैत्र २१, २०७६ शुक्रबार
काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा प्रभु बैंक लि. को तर्फबाट रु. १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
विहीबार प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रधानमन्त्री कार्यालयका सचिवलाई कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंक लि. को संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको पनि उपस्थिति रहेको थियो ।