नबिल बैंकको खुद नाफा घटे
नबिल बैंकको कस्तो छ वित्तीय अवस्था रु
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा ८.९१ प्रतिशत ले घटेर ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा यसको सञ्चालन नाफा घटेको छ भने खराब कर्जा बढेको छ । यसले पनि नाफा प्रभावित भएको हो ।
सञ्चालन नाफा ८।७५ प्रतिशत ले घटेर ४ अर्ब ७८ करोड २४ लाख ९९ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ५ अर्ब २४ करोड ८ लाख ९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । यता, खुद ब्याज आम्दानी भने २९.३० प्रतिशत ले बढेर ६ अर्ब ५९ करोड २ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा खराब कर्जा ०.६६ प्रतिशत ले बढेर १.१४ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३९ पैसा छ । नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्ने तयारी गरेको छ । यसका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाइसकेको छ ।























