stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बार्सिलोनालाई काडिजको नमिठो झट्का

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । स्पेनिस ला लिगाको उपाधि दावेदार टोली बार्सिलोनालाई रेलिगेसनको दबाबमा रहेको काडिजको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १–० गोलले स्तब्ध बन्यो ।

काडिजको जितमा लुकास पेरेजले निर्णायक गोल गर्नुभयो । पेरेजले ४८औँ मिनेटमा गरेको गोल बार्सिलोनालाई हराउन प्रयाप्त बन्यो । यस हारसँगै बार्सिलोनाको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ६१ खेलबाट ६० अंक छ ।

शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ३२ खेलबाट ७५ अंक छ । समान ६० अंक बनाएको सेभिया र एट्लेटिको म्याड्रिड तेस्रो र चौथो स्थानमा छन् । बार्सिलोनालाई हराएको काडिज ३१ अंक जोड्दै १६औँ स्थानमा छ । एजेन्सी

prabhu mahalaxmi
kumari