stcnepal long ad
global ime bank long

सनराइज बैंकद्धारा पीपीई उपकरण सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार

काठमाडौं । सनराइज बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै सैनिक स्वास्थ्य महानिर्देशनालयलाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ दिएको छ । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ७० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ सैनिक स्वास्थ्य महा निर्देशनालयका महानिर्देशक, सहायक रथी डा. नगेन्द्र के.सीलाई हस्तान्तरण गरेका थिए

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत नेपाल सैनिकले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए ।

सोही कार्यक्रममा महानिर्देशक, सहायक रथी डा. नगेन्द्र के.सीले सनराइज बैंकद्धारा निभाएको सामाजिक उत्तरदायित्व अन्र्तगत यस्तो भूमिका एकदम सराहनीय रहेको र यस्तो भूमिकाले सन्राइज बैंक अझै माथि पुग्ने बताए ।

साथै प्रमुख कार्यकारी अधिकृत पौड्यालले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन गर्न बैंकले थुपै्र योजना ल्याएको जनाएको छ ।

IME Lifesidebar
kumari