एनएमबि बैंकको संस्थापक सेयर १ लाख ४७ हजार कित्ता बिक्रीमा
काठमाडौं । एनएमबी बैंकका २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ४७ हजार ९३७ कित्ता सेयर बिक्री खुला गरेका छन् । जसमा संस्थापक सेयरधनी दयाराम भट्टराईले ९७ हजार कित्ता र मान बहादुर फागुले आफ्नो नाममा ५० हजार ९३७ कित्ता बिक्री खुला गरेका हुन् । यसको मूल्य भने तोकिएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इन्छुक संस्थापकले आज फागुन १० गतेदेखि ३५ दिन भित्र एनएमबि बैंकको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।























