citizens life insurance long ad
stcnepal long ad

नेपाल इन्भेष्टमेट बैंकको बोनस सेयर डिम्याट खातामा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेट बैंकले १२.६१ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । गत मंसिर ५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा बैंकले पठाइ दिएको हो ।

मंसिर ५ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

अनिमात्र बोनस जम्मा गरिने बैंकले बताएको छ । इन्भेष्टमेन्टको गत मंसिर १७ गते सम्पन्न सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १२.६१ प्रतिशत बोनस सेयर र ३.३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले यसअघि नै नगद लाभांश भने खातामा पठाइसकेको छ ।

IME Life
kumari