citizens life insurance long ad
stcnepal long ad

बिओकेका ग्राहकले दि सुशी वार मल्टी फेसनमा १० प्रतिशत छुट पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले काठमाडौंको ठमेलस्थित छाँया सेन्टरमा रहेको The Sushi Bar Multi-Fusion Cuisine मा छुट पाउने भएका छन्।

बैंक र The Sushi Bar बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौतापश्चात ग्राहकले The Sushi Bar मा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउने छन्।

उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

The Sushi Bar ले सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।
बैंक अफ काठमाण्डूले ९४ शाखा कार्यालय, ८४ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ।

IME Life
kumari