stcnepal long ad
ime life insurance
national life
global ime bank long

इन्भेष्टमेन्ट बैंकको ६८ हजार ७८३ कित्ता संस्थापक सेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक डा. रामप्रसाद पोख्रेलले आफ्नो नाममा रहेको ६८ हजार ७८३ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

यसमा, इन्भेष्टमेन्टकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसको मूल्य भने तोकिएको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र इन्भेष्टमेन्ट बैंकको प्रधान कार्यालय दरवारमार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari