stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बैदेशिक रोजगार ब्यवसायी संघको नेतृत्व सहमतिमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको नेतृत्व यस पटक सहमतिका साथ चयन गर्न प्रयास भैरहेको छ ।

सबै राजनीतिक दल निकट ब्यवसायी संघ–संगठनका नेताहरु कोरोनाले ब्यवसाय थला परेको बेला निर्वाचन नगरी सहमतिका साथ नेतृत्व चयन गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छन् ।

यही पुस ३० गते संघको निर्वाचनको कार्यक्रम घोषणा भएको छ । पदीय भागबण्डा लागि पहल भैरहेको छ ।

१० पदाधिकारीसहित ७ सदस्य र पछि मनोनीत ४ समेत २१ सदस्यीय संघको नेतृत्वका लागि सबै संगठनलाई समेटिने भएको छ । संगठनहरुले पदाधिकारी र सदस्यहरूको नाम चयन गर्ने पहल भैरहेको छ । नेपाली कांग्रेसनिकट लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी फोरमले संघको अध्यक्ष, सचिव र कोषाध्यक्ष पाउने सहमति भएको छ ।

नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत बैदेशिक रोजगार ब्यवसायी संगठन नेपाललाई महासचिव सहित ३ पद, एमाले निकट प्रगतिशील वैदेशिक रोजगार संगठनलाई प्रथम उपाध्यक्ष सहित २ सदस्य, नेकपा (माओवादी केन्द्र) निकट बैदेशिक रोजगार गणतान्त्रिक फोरमलाई द्वितीय उपाध्यक्षस हित २ सदस्य र जसपा निकट वैदेशिक रोजगारलाई तृतीय उपाध्यक्ष सहित १ सदस्य पाउनेगरी सहमति भएको छ ।

संघमा सहमतिका साथ नेतृत्व चयन हुने भएपछि एकीकृत समाजवादी निकट एकीकृत बैदेशिक रोजगार ब्यवसायी संगठनले महासचिवमा मधुकर रिजालको नाम सर्वसम्मतिले छनोट गरेको छ ।

समाजवादीले पाएका ३ सदस्यमा गणेश कुँवर, अनिल बोगटी र कामेश्वर साह राउतलाई संघमा पठाउने निर्णय भएको बाबुराम खड्काले जानकारी दिएका छन । अरु संगठनले टुंगो लगाउन बाँकी रहेको छ ।

संघको नेतृत्वका लागि सहमति भए पनि नेपाली कांग्रेस निकट ब्यवसायीमा तीव्र विवाद देखिएको छ ।

अध्यक्षका उम्मेदवार तीन जना भएको र सहमति हुन नसकेपछि पार्टीले हस्तक्षेप गरी पूर्वअध्यक्ष पाल्पाका विमल ढकाललाई बैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्षको उम्मेदवार बनाएको छ ।

संघको अध्यक्षका लागि लोकतान्त्रिक समूहबाट कमल मल्ल, कमल तामाङ र सुधीर श्रेष्ठले दाबी गरेको र तीनै जनाले एकअर्कालाई छाड्न तयार नभएपछि पार्टीले नै हस्तक्षेप गरी ढकाललाई अगाडि सारेको बुझिन आएको छ ।

prabhu mahalaxmi
kumari