नेप्सेमा सानिमा र कामना विकासको बोनस सेयर सुचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा दुई बैंकको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा सानिमा बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। यी बैंकको कुल २ करोड १३ लाख ६४ हजार ७१५.३४३४ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
सानिमा बैंकले गत आर्थिक वर्षका लागि कुल १७.८९४७ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८९४७ प्रतिशत नगद लाभांश थियो।
सानिमाको सोही १७ प्रतिशतले हुन आउने १ करोड ६४ लाख ५८ हजार ५८२.४४ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
यसैगरी कामना सेवा विकास बैंक लि.ले गत आर्थिक वर्षका लागि कुल १९.४७ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.९७ प्रतिशत नगद लाभांश थिए। सोही १८.५ प्रतिशतले हुन आउने ४९ लाख ६ हजार १३२.९०३४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।


























