citizens life insurance long ad
stcnepal long ad

बैङ्किङ प्रणाली सुरक्षित छ : राष्ट्र बैंक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भनेजस्तै बिहीबार नेपालको बैङ्किङ क्षेत्र फेरि एक पटक तर्सिएको छ । अज्ञात समूहले कुमारी बैङ्कलाई सिस्टम ह्याक गर्ने चेतावनी दिँदै इमेल पठाएपछि बिहीबार दिनभर बैंकका ग्राहक र सरोकारवाला फेरि त्रासमा परेका थिए ।

कुमारी बैङ्कले ह्याक गर्ने इमेल पाएपछि नियामक निकाय राष्ट्र बैंकलाई जानकारी गराएको थियो भने राष्ट्र बैंकले पनि मातहतका सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थालाई सचेतना अपनाउन सर्कुलर गरेको थियो । साउदी ग्रुप अफ कम्पनी नामबाट पठाइएको इमेलमा प्रणाली ह्याक गरेर पैसा लैजाने कुरा उल्लेख छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले प्रणाली ह्याक गर्ने इमेल आएपछि उच्च सतर्कता अपनाइएको बताउनुभयो । विश्वमा दिनको ३०औँ हजार ह्याकिङका प्रयास हुने गरेको बताउँदै उहाँले त्यसकै एउटा प्रयास भएको बताउनुहुन्छ ।

नेपालको बैङ्किङ प्रणाली प्रभावकारी र बलियो रहेको बताउँदै उहाँले भन्नुभयो, “निक्षेपकर्ताको रकम बैंकमा सुरक्षित छ । बैङ्किङ प्रणाली पनि एकदमै सुरक्षित छ । यसमा कोही डराउनुपर्दैन । ”

गत साउनमा पनि नेपाल राष्ट्र बैंक सहित १५ वटा वाणिज्य बैङ्कको सिस्टम ह्याक गर्ने चेतावनीपूर्ण सन्देश सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यतिबेला नेपाल राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको इमेलको स्क्रिनसट धेरैका हातहातमा पुगेपछि यसले सर्वसाधारणलाई आतङ्कित बनाएको थियो ।

त्यसबेला इमेल साथै सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको थियो भने राष्ट्र बैंकको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकाललाई अन्तर्राष्ट्रिय नम्बरबाट फोन समेत आएको थियो ।

आफूलाई ह्याकर बताउने समूहले नेपाल राष्ट्र बैंक सहित १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज पठाएको थियो भने कलसमेत गरेको थियो ।

भाइबर र म्यासेन्जरमा यस्तो म्यासेज प्राप्त भएपछि तत्काल नेपाल राष्ट्र बैंक र विभिन्न बैंकको सिस्टम चेक गर्दा सिस्टम सुरक्षित रहेको र ह्याक नभएको तथा डराउनुपर्ने अवस्था नभएको भन्दै राष्ट्र बैंकले आश्वस्त तुल्याएको थियो ।

त्यतिबेला ह्याकरले पठाएको इमेलको स्क्रिनसटमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छे« बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक इन्टरनेसनल, सानिमा बैंक, नेपाल एसबीआई बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालय बैंकको नाम उल्लेख गरिएको थियो ।

IME Life
kumari