citizens life insurance long ad
stcnepal long ad

सिफेमबाट नेपालमा १.२० करोड अमेरिकी डलर ऋण लगानी भित्र्याउँदै एनएमबि बैंक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंक लिमिटेडले स्विस इन्भेस्टमेन्ट फन्ड इममर्जिङ मार्केट्स (सिफेम) सँग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने गरी सम्झौता सम्पन्न गरेको छ।

सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्र्याउने गरी भएको यो सम्झौतामा सिफेम र स्विस सरकार विकास सहयोग एसडीसीबीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको छ।

नेपाल स्विट्जरल्यान्डको विकास सहयोगको प्राथमिकतामा पर्ने राष्ट्र हो। नेपालमा विकासलाई अगाडि बढाउन स्विस संस्थाहरुबीच विशेषज्ञता र समन्वयको उपयोग गरी सिफेम र एसडीसीबीचको सहकार्यमा भएको यो लगानी नेपालसँग स्विट्जरल्यान्डको लामो समयदेखिको साझेदारीको इतिहासमा एउटा कोसेढुंगा भएको जनाइएको छ ।

सिफेमबाट प्राप्त यस कर्जाका लागि एसडीसीले सिफेमलाई जोखिम बाँडफाँडका आधारमा सुविधा प्रदान गरेको छ। यस सम्झौताले एनएमबि बैंकको लगानीको स्रोतहरुलाई विविधीकरण गर्दै दिगो विकास गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। विशेषगरी वर्तमान बजार परिदृश्यमा यस सम्झौताको सान्दर्भिकता अझै महत्वपूर्ण छ।

सिफेमबाट बैंकले प्राप्त गरेको कर्जा रकम बैंकले मुख्यतः लघु साना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्न र वित्तीय पहुँच अभिवृद्धि गर्न, वित्तीय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी वृद्धिमा सहयोग र स्थानिय अर्थ व्यवस्थामा सहजता बढाउन सहयोग पुग्ने क्षेत्रहरुमा लगानी गर्ने सो बैंकले जनाएको छ।

नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत एलिजावेथ भोन क्यापेलरले भनिन्, ‘स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटसको एनएमबि बैंक लिमिटेडमा ऋण लगानीबाट नेपाल–स्विस सहकार्यमा नयाँ अध्यायको सुरुआत भएको छ।

यो लगानीले नेपालको अर्थतन्त्रका प्रमुख संवाहकहरु, अर्थात नेपाली लघु साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच बढाउन सहयोग गर्नेछ।’

त्यसैगरी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सम्झौताको महत्वलाई प्रकाश पार्दै भने, ‘नेपालमा नै पहिलोपटक सिफेमबाट कर्जा लगानी भित्र्याउनका लागि सम्पन्न भएको यो ऋण सम्झौताले वास्तविक अर्थतन्त्रका क्षेत्रमा लगानी गर्ने हाम्रो प्रतिबद्धतालाई थप गति दिएको छ।

हालको चुनौतीपूर्ण समयमा साना व्यवसायहरुले उनीहरुको व्यवसायलाई निरन्तरता दिनका लागि निर्वाध रुपमा नगद प्रवाहमा पहुँच पुर्याउन यो सम्झौताले सहयोग गर्नेछ।’

एनएमबि बैंक र सिफेमबीच सम्पन्न यो सम्झौता एनएमबि बैंककोे लगानीका स्रोतहरुलाई विविधीकरण गर्दै अन्तर्राष्ट्रिय सरोकारवालाहरुसँग सहकार्यलाई बढाउने रणनीतिको निरन्तरता हो।

विगतमा समेत यस बैंकले अन्तर्राष्ट्रिय वित्त निगम, सीडीसी समूह, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष र सिम्बायोटिक्स लगायतका संस्थाहरुबाट ऋण लिई नेपाल राष्ट्र बैंकले तोके बमोजिम प्राथमिकताका क्षेत्रहरुमा लगानी गर्दै आएको जनाइएको छ।

IME Life
kumari