citizens life insurance long ad
stcnepal long ad

महालक्ष्मी विकास बैंक लिमिटेडद्धारा निःशुल्क स्वास्थ्य शिविर संचालन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडकोे महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

महाकाली जनज्योती आधारभुत विद्यालयको प्राङगणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्थानिय २ सय ५० जनाको निःशुल्क स्वास्थ्य परिक्षण र औषधी समेत प्रदान गरिएको कुरा महालक्ष्मी विकास बैंक महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्लाले बताउनु भएको छ ।

महालक्ष्मी विकास बैंकले प्रत्येक वर्ष समाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र सोहि अनुसार भीमदत्त–११ भुजेलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

उक्त शिविरमा महाकाली प्रादेशिक अस्पतालका डा. गोविन्द रोकाया लगायत १० जना स्वास्थ्यकर्मीको टोली रहेको थियो । गाउँघरमै आएर महालक्ष्मी विकास बैंकले निःशुल्क स्वास्थ्य चेकजाँच र औषधी प्रदान गरेकोमा खुशी लागेको कुरा स्थानियहरुले जाहेर गरेका छन् ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based Travel Card, eCommerce card / Dollar cardजारी गरिसकेको छ ।
समग्रमा chip based Travel Card, eCommerce card / Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक: महालक्ष्मी विकास बैंक रहेको छ ।

 

 

IME Life
kumari