citizens life insurance long ad

सेञ्चुरी कमर्सियल बैंकले पुस ३० गते बोलायो साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लि.ले आफ्नो ११ औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंक सञ्चालक समितिको हिजो पुस ८ गते बिहीबार बसेको बैठकले वार्षिक साधारण सभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको जनाएको छ।

सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ६.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५।७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश छन्।
सभाले बोनस सेयर जारीपछि बैंकको जारी र चुक्ता पुँजी पुँजी वृद्धि हुने भएकोले सोही अनुसार प्रबन्धपत्रका सम्बन्धित दफाहरुसंशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

अन्य बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न तथा स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता लगायतका सम्पूर्ण कार्य गर्न तथा गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत महत्वपूर्ण दस्तावेजहरु पनि सभामा छलफल गरी पारित हुनेछन्।

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

IME Lifesidebar
kumari