citizens life insurance long ad

सिभिल बैंकको ११ औँ वार्षिक साधारण सभा तोकियो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंक सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले वार्षिक साधारण सभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको जनाएको छ।

सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ५.२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश छन्।

सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न तथा स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता लगायतका सम्पूर्ण कार्य गर्न तथा गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत महत्वपूर्ण दस्तावेजहरु पनि सभामा छलफल गरी पारित हुनेछन्।

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

IME Lifesidebar
kumari