stcnepal long ad
global ime bank long

५०० रुपैयाँको नयाँ नोट बजारमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस ९ गतेदेखि रु. ५०० को नयाँ नोट बजारमा ल्याएको जनाएको छ। बैंकले साविककै आकार तथा रङमा संकेत नं. छ/६८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांश सहितको नयाँ नोट प्रचलनमा ल्याएको जनाएको छ।

यस्ता छन् नयाँ ५०० को नोटका विशेषताहरु :

नोटको अग्र भागमा

१, नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको।
२, नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको ।
३, नोटमा गभर्नरको दस्तखत रहने स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको।
४, नोटको तल्लो भागको बोर्डरमा नोटको क्भचष्भक ल्गmदभच नेपालीमा ‘वि.सं. २०७७’ लेखिएको ।
५, ३.५ मि.मी. चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको ।
६, सगरमाथा हिमालको दायाँतर्फ अन्डाकारभित्र रङ परिवर्तन हुने (नोटलाई सीधा हेर्दा सुनौलो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) कुबेरको चित्र रहेको ।
७, लालीगुराँसको पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरु लेस्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरु रहेको।

नोटको पछाडी भागमा

१, नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको।
२, नोटको मध्य भागमा पाटेबाघको चित्र रहेको ।
३, नोटको तल्लो भागमा अंग्रेजीमा’RUPEES FIVE HUNDRED’ लेखिएको ।
४, नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number अंग्रेजीमा’2020 A.D.’ लेखिएको।

राष्ट्र बैंका अनुसार यसअघि २०७५ साल वैशाख १२ गतेदेखि क्भचष्भक २०७३ रुपैयाँ ५०० दरको बैंक नोट संकेत नं. ङ/४६ ०००००१ देखि छ/४० ९९९९९९ सम्म प्रचलनमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा संकेत नं. ङ/४६ ०००००१ देखि छ/३७ ९९९९९९ सम्म मात्र प्रचलनमा ल्याइएको थियो।

IME Lifesidebar
kumari