सुनको भाउ २०० ले घट्यो, चाँदीको स्थिर
काठमाडौं । साताको अन्तिम कारोबार दिन पुस ९ गते शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २ सय ६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँ बढेर चाँदी १ हजार २ सय ६० रुपैयाँमा किनबेच भएको थियो।























