citizens life insurance long ad
stcnepal long ad

आज लुम्बिनी विकास बैंकको साधारण सभा,  मंसिर २६ गतेसम्म कायम रहका सेयरधनीले प्रस्तावित लाभांश पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज पुस ९ गते लुम्बिनी विकास बैंकको साधारण सभा बस्दैछ । सभा बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ः१५ बजेबाट भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभामा बैंकले १३.६८ प्रतिशत लाभांश प्रस्ताव पेश गर्दैछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

यस्तै, बोनस सेयरपछि पुँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । साथै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमाा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । सभा प्रयोजनका लागि बैंकले मंसिर २७ गते बुक क्लोज गरिसकेको छ । मंसिर २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

IME Life
kumari