citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सिटिजन्स बैंक, ‘कियोस्क’ सेवाको सुरुआत

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ कियोक्स ९प्ष्यकप० सेवाको सुरुआत गरेको जनाएको छ।

आज पुस ८ गते एक समारोहमार्फत सो सेवाको उदघाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हाललाई यो सेवा काठमाडौं उपत्यकाको दरबारमार्ग शाखाबाट उपलब्ध गराइएको र निकट भविष्यमा नै यस सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत विस्तार गरिने योजना रहेको बताएका छन।

कियोक्समार्फत प्रारम्भिक रुपमा ग्राहकले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटीएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्नेजस्ता सेवा बैंकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्ने छन्।

नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ कियोक्स सेवा प्रयोगमा ल्याइएको सो बैंकले जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ८८ वटा शाखारहित बैंकिङ इकाइबाट करिव १२ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

कोरोना भाइरस महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ।

यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड विथड्र सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको जनाएको छ।

यसका साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डि–म्याट तथा आस्बा सेवा, कार्ड लगायतका विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको बैंकले जनाएको छ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने र डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको जनाएको छ।

himalayan life insurance
igi long