‘प्रेसिडन्सियल आईटी कन्क्लेभ २०२१’ बिहीबार हुने
काठमाडौं । प्रेसिडेन्सियल बिजनेस स्कुलले भोलि पुस ८ गते बिहीबार आईटी कन्क्लेभ २०२१ को आयोजना गर्ने भएको छ। होटल याक एन्ड यतीमा आयोजना हुने कन्क्लेभमा ३ महत्वपूर्ण प्यानल सेसनहरु सञ्चालन हुनेछन्।
दोस्रो संस्करणका रुपमा आयोजना हुन लागेको कन्क्लेभमा पछिल्लो समयका प्रविधिहरु र त्यसले ल्याएको व्यावसायिक परिवर्तनबारे छलफल गरिनेछ।
कार्यक्रममा आईटी उद्योगको भविष्य र यसले आउँदा दिनमा समाज तथा कार्यक्षमतामा पार्ने प्रभाव जस्ता विषयवस्तुमा पनि प्यानल डिस्कसन सञ्चालन गरिने कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले जानकारी दिएका छन्।
यसैगरी कार्यक्रममा विभिन्न क्षेत्रको मानिसहरुलाई आईटी उद्योगको महत्व र यसले सिर्जना गर्ने रोजगारीको अवसरबारे जानकारी दिइने भएको छ।
आईटी पढ्न खोज्ने तथा यस क्षेत्रमा करियर बनाउन खोजिरहेका र आईटीका इमर्जिङ ट्रेन्ड र रिसर्चमा चासो राख्नेहरुका लागि यो कार्यक्रम महत्वपूर्ण हुने कलेजका आईटी प्रोग्राम संयोजक सुरेश मानन्धरले बताएका छन्।
तीन विभिन्न चरणमा हुने यस कार्यक्रममा पहिलो सेसनको छलफलमा एसोसियट प्रोफेसर डा। बालकृष्ण बल, डा। विशेष खनाल, एसोसियट प्रोफेसर डा.सञ्जिब प्रसाद पाण्डे र प्रनिता कार्की रहेका छन्।
दोस्रो सेसनमा दृष्टि कन्साकार, प्रकाश अर्याल, यास्मिन भट्टराई र राजन कोइराला रहेका छन् भने अन्तिम सेसनका लागि प्रमोद पराजुली, रुचिन सिहं, डा. भोगेन्द्र मिश्र र मोना न्याच्छ्योनको सहभागिता रहने जनाइएको छ।
कलेजले कार्यक्रममा प्यानेल डिस्कसनसँगै क्यू एण्ड ए सेसन पनि समावेश गरेको छ। कार्यक्रममा कीनोट स्पिकरका रुपमा प्रोफेसर डा. शशिधरराम जोशी रहेका छन्।
अमेरिकन बिजनेसन तथ आइटी डिग्री प्रदान गर्दैै आइरहेको कलेजले गत वर्षदेखि आइटी कन्क्लेभको सुरुवात गरेको हो। ब्याच्लर्स र मास्र्टसमा आइटी शैक्षिक कार्यक्रमहरु सुरुगरेपछि कलेजले आइटी क्षेत्रमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको जनाएको छ।
गत मसिंर महिनामा लिभिङ विथ आईसीटीको सहकार्यमा कलेजमा स्टार्टअप एन्ड आइडिया फेस्टको आयोजना भएको थियो। यस वर्षको आईटी कन्क्लेभले सूचना प्रविधि, यसको सम्भावना तथा अवसरका लागि छलफल गर्ने एउटा महत्वपूर्ण प्लाटफर्म हुने कलेजका कार्यकारी अध्यक्ष केसीले बताएका छन्।


























