citizens life insurance long ad

लण्डनको नौद थाई स्पा ब्रान्ड र ‘माइ थाई’ रेस्टुरेन्ट काठमाडौंको पानीपोखरीमा पनि खुल्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। लन्डनको स्पा ब्रान्ड नौद थाई र ‘माई थाई’ रेस्टुरेन्ट सञ्चालनमा आएको छ। नौद थाई स्पा र ‘माई थाई’ रेस्टुरेन्ट काठमाडौंको मुटु पानीपोखरी लाजिम्पाटबाट सञ्चालनमा ल्याइएको छ ।

१२ वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै युवा व्यवसायी प्रतीक गिरीले नेपालमै अन्तर्राष्ट्रियस्तरको स्पा, मसाज तथा वेलनेस सेन्टर खोलेका हुन।

नौद थाई स्पा करिब २ वर्ष अगाडि खोलिए पनि कोरोनाभाइरसको संक्रमणले सरकारले गरेको लकडाउन र सटडाउनका कारण समय(समयमा बन्द तथा सुचारु भइरहेको थियो।

काठमाडौंका मानिसहरुको जीवन अत्यन्तै व्यस्त भइरहेको सन्दर्भमा स्पा मसाज र ‘बडी केयर वेलनेस’ले शरीर तन्दुरुस्त बनाउने गिरी बताउँछन्।

नौद थाई स्पाले अल इन वान सेवा उपलब्ध गराउँदै आएको निर्देशक गिरी बताउँछन्। जसमा मसाज, स्टिम, साउना, ज्याकुजी, हेयर सलुन, कलरिङ्ग, फेसियल, मेनिक्युर, पेडिक्युर लगायतका सुविधाहरु पाउन सकिन्छ। नौद थाई स्पाले सुरुआती दिनदेखि नै आमग्राहकको माया पाउन सफल रहेको छ।

काठमाडौंका मानिसहरु आफ्नो शरीरलाई समय दिने, स्पा मसाजमा जाने ट्रेन्ड चलिरहेको अवस्थामा अन्तर्राष्ट्रियस्तरको मसाज नेपालमै उपलब्ध गराउन सकेमा १२ वर्ष बेलायतको अनुभवलाई न्याय मिल्ने गिरीले बताए। नौद थाई स्पा काठमाडौं लगायत अन्य सहरका स्पा मसाजभन्दा भिन्न रहेको छ।

हाल नौद थाई स्पा बेलायतको आठवटा विभिन्न स्थानबाट सेवा दिँदै आएको र काठमाडौं बाहेक पर्यटकीय नगरी पोखरा र झम्सीखेल ललितपुरबाट निकटतम भविष्यमा सञ्चालन गर्ने निर्देशक गिरी बताउँछन्। नौद थाई स्पामा आएका ग्राहक दाहोरिएर आएको र यहाँको सेवा अन्तर्राष्ट्रि स्तरको रहेको पाइएको दाबी गिरीको छ।

स्पा र रेस्टुरेन्टको सेवाबाट ग्राहकहरु उच्चतम सन्तुष्ट हुने विश्वास लिइएको छ। यसका साथै थाई परिकारको अथेन्टिक खाना खुवाउने लक्ष्य माई थाईले लिएको छ।

यसका लागि माई थाईले थाइल्यान्ड देशबाट नै सेफ हायर गरी ल्याएको गिरी बताउँछन्। थाई परिकार मनपर्नेहरुले एकपटक माई थाई रेस्टुरेन्ट आएर उपलब्ध सेवा लिन सक्ने छन्।

IME Lifesidebar
kumari