citizens life insurance long ad
stcnepal long ad

प्रभु बैंक  र JSC MFI INTELEXPRESS बिच रेमिट्यान्स सेवा सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकले आफ्नो विप्रेशणको दायरा विस्तार गर्ने सिलसिलामा, प्रभु बैंक लिमिटेड र JSC MFI INTELEXPRESS बिच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता गरेको छ ।

Armenia, Georgia, Greece, Cyprus, UK, Italy, Moldova, Switzerland, Turkey, Ukraine, Uzbekistan मा बसोवास गरिरहेका नेपालीहरुले अब JSC MFI INTELEXPRESS मार्फत नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई नेपाल भरि रहेका प्रभु बैंकका २१५ वटा शाखाहरु तथा प्रभु रेमिट्यान्सका १६,००० भन्दा बढि एजेन्टहरुबाट सहजै भुक्तानी पाउन सक्नु हुनेछ साथै यो सेवा प्रभु बैंकको खातामा मात्रै सिमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताले बिशेष गरि विदेशमा रहनुभएका नेपालीहरुले गुणस्तरिय रेमिट्यान्स तथा बैंकीङ्ग सेवा प्राप्त गर्नुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

हाल बैंकले देशभर २१५ वटा शाखा कार्यालयहरु, ५८ भन्दा बढी एक्टेन्शन काउन्टर र १८९ वटा ब्त्ः बाट १५,००,००० भन्दा बढी ग्राहकहरुलाई सेवा दिईरहेको छ ।

IME Life
kumari