citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सन्त नेता भट्टराईको सालिक अनावरण

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेसनमा आफु सभापतिको दौडबाट पछि नहट्ने बताएका छन । महाधिवेसन सुरु हुन एक दिन मात्र बाँकी रहँदा सभापतिमा साझा उम्मेद्वारी चयन गर्न नसकेका वरिष्ठ नेता रामचन्द्र पौडललाई सिंहको यो अभिब्यक्ति पछि थप संकट निम्तिएको छ ।

पार्टी भित्रको शक्ति राजनीतिका कारण नेपाली कांग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसकेको भन्दै नेता सिंहले पार्टीलाई बिधि, बिधान ,पद्वति अनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडी बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने बताएका छन् ।

काठमाडौंको बानेश्वरमा आज नेपाली कांग्रेसका पुर्व सभापति,पुर्व प्रधानमन्त्री तथा सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पाटीलार्ई बिधिसंम्वद, नियम संम्वद र संस्थागत रुपमा अगाडी बढाउन र सम्पूर्ण चुनौतिलाई सामना गर्दै आफूले नेपाली कांग्रेसलाई बिशुद्ध प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागी दाबी गरेको बताएका छन ।

कार्यक्रममा सिंहले नेपाली कांग्रेसलाई एकताबद्ध हुन किसुनजीले गरेको त्यागलाई कुनै पनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दुस्ख समेत ब्यक्त गरेका थिए ।

himalayan life insurance
igi long