sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल  र तिनकुनेको कान्तिपुर अस्पताल प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ।

बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैँचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीय, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता थियो। मंगलबार बिहान ९ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण रक्तदातालाई धन्यवाद व्यक्त गरेका छन।

सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ११७ वटा कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा छन्।

gold
prabhu bank
nawakantipur long