stcnepal long ad

खल्तीले फेरि ल्यायो आइफोन जित्ने मौका

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले फेरि ल्याएको आइफोन जित्ने मौका “खल्ती मा आइफोन १३” अफर र सथै १ लाख खल्ती पोइन्ट्समात्र रू. ५० मा।

यो क्याम्पेन ५ डिसेम्बरदेखि सुरु हुँदै १४ जनवरीसम्म लागू हुनेछ। प्रयोगकर्ताहरुले यसमा सहभागी हुनका लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर ‘खल्तीमा आइफोन’ बाट मात्र रू। ५० को रिचार्ज गर्नुपर्नेछ।

त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ। जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोवाइल नम्बरमा जतिपटक पनि रिचार्ज गर्न सक्नेछन्।

अन्तिममा एक जना भाग्ग्यशाली विजेताले प्राप्त गर्न सक्नेछन्, आइफोन १३ । यसका साथै दैनिक एकजना भाग्ग्यशाली प्रयोगकर्ताले पाउनेछन्, १ लाख खल्ती पोइन्ट्स। यदि प्रयोगकर्ताको खल्ती केवाइसी भेरिफाइड छ भने यस क्याम्पेनमा भाग लिन योग्य हुनेछ।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘गत वर्ष हाम्रो आइफोन १२ क्याम्पेनको सफलतापछि हामी अर्को आइफोन अभियानलाई अगाडि बढाउन पाउँदा उत्साहित छौँ। यो क्याम्पेन ल्याउनुको मुख्य उद्देश्य प्रयोगकर्तालाई डिजिटल नेपाल को लागि प्रोत्साहित गर्नु हो।’

‘खल्तीमा आइफोन १३’ को विजेता घोषणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत लक्की ड्रमार्फत गरिनेछ।

२० लाखभन्दा बढी प्रयोगकर्ताहरु भएको ‘खल्ती’ ले विगत चार वर्षभन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउँदै आइरहेको छ।

‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टीभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्स मार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ। ‘खल्ती’ एप Khalti.com/app मा गइ डाउनलोड गर्न सकिन्छ।