stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

‘ग्लोबल आइएमई समुन्नत योजना–१’ को शतप्रतिशत प्रतिफल पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–१’ को आर्थिक वर्ष २०७७/०७८ का लागि घोषित बम्पर प्रतिफल सुरक्षित गर्ने आज मंसिर २१ गते अन्तिम दिन हो।

प्रतिफल वितरण प्रयोजनार्थ क्यापिटलले भोलि मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २१ गतेसम्म कायम इकाइधनीहरुमात्रै यो योजनाको बम्पर लाभांश पाउन योग्य हुने छन्।

गत असोज २४ गते बसेको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको सञ्चालक समितिको बैठकले यस योजनाका इकाइधनीहरुलाई करसहित सतप्रतिशत अर्थात १०० प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

जस अनुसार इकाइधनीहरुलाई १ अर्ब रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय क्यापिटलले गरेको जनाएको छ।

prabhu mahalaxmi
kumari