citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल बैंकको बोनस सेयरमा मूल्य समायोजन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजन पछिको भाउ नेप्सेले ३७८ रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको १४ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

सभा प्रयोजनका लागि यसले आज मंसिर २१ गते मंगलबार बुक क्लोज गरेको छ । बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशतबोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्दैछ ।

नेपाल बैंकले पुस २ गते साधारण सभा बोलाएको छ । सभा बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । बैंकले भर्चुअल माध्यमबाट सभामा सहभागी हुन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभामा लैजानेछ ।

himalayan life insurance
igi long