प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । प्राइम कमर्सियल बैंक लि.ले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंसिर २१ गते अन्तिम मौका रहेको छ। बैंकले लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
यसको अर्थ आज मंसिर २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग योग्य हुने छन्। प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षका लागि कुल १६.६३१३ प्रतिशत लाभांश घोषणा गरेको छ।
जसमा १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३१३ प्रतिशत नगद लाभांश रहेका छन्। बैंकले आगामी पुस ६ गते १४ औं वार्षिक साधारणसभा बाेलाएको छ। सोही सभाले लाभांश अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।