stcnepal long ad
ime life insurance
global ime bank long

अस्थिर र घट्दो सेयर बजारबाट कमाउन सकिन्छ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेयर बजार एउटा यस्तो क्षेत्र हो, जहाँ उतारचढाव हुनु सामान्य मानिन्छ। सेयर बजार धेरै तत्वहरुबाट प्रभावित बन्ने हुँदा यसमा हुने उतारचढावलाई सामान्य रुपमा लिने गरिन्छ।

नियमकारी निकायको निर्णय, ब्याजदर, देशको आर्थिक अवस्था, तरलताको उपलब्धता, लगानीकर्ताको मनोबल, महामारी र यस्तै अन्य आन्तरिक तथा बाहय तत्वहरुले सेयर बजार प्रभावित बन्ने र पार्ने गर्दछ।

लगानीकर्ताहरुले यी तत्वहरुलाई चाहेर पनि नियन्त्रण गर्न सक्दैनन्। तर, बजारमा भइरहने उतारचढावप्रति कस्तो प्रतिक्रिया जनाउने भन्ने कुरा लगानीकर्ताको हातमा हुने गर्दछ।

उतारचढाव र घटबढ हुने सेयर बजारमा गिरावटबाट आत्तिनु हुँदैन। बरु मुनाफा कमाउनका लागि आफ्नो रणनीति बदल्नु पर्छ। अस्थिर बजारबाट मुनाफा आर्जन गर्न सकिन्छ ।

तर कसरी भन्ने कुराको ज्ञान लिएर लगानी गरेमा राम्रो मुनाफा आर्जन गर्न सकिन्छ। अस्थिर र घटदो बजारबाट मुनाफा लिन सकिने तरिकाहरू:

१, लगानीलाई ट्रयाक गर्नुहोस्

जब तपाइँ कयौँ एसेस्टमा लगानी गर्नुहुन्छ तब हुन सक्छ कि तपाइँ सबै लगानीलाई नियमित रुपमा ट्रयाक गर्न सकिरहनु भएको छैन।

यस्तोमा बजारको गतिमा भएको परिवर्तनमा सटिक प्रतिक्रिया जनाउन गाह्रो हुने गर्छ। त्यसैले यदि तपाइँ आफ्नो लगानीलाई ट्रयाक गर्न सकिरहनु भएको छैन भने एउटा विश्वसनीय वित्तीय सल्लाहकारको सहयोग लिन सक्नुहुन्छ।

२, अनुशासन कायम राख्नुहोस्

पोर्टफोलियोमा नाटकीय रुपमा परिवर्तन गरिरहँदा जोखिम बढ्ने गर्छ। यस्तो बानीले दीर्घकालीन लक्ष्यहरुमाथि नकारात्मक असर पार्ने गर्छ।

त्यसैले बजारमा तीव्रगतिमा भइरहने उतारचढावलाई नजरअन्दाज गर्नुपर्छ र अनुशासन कायम गर्नुपर्छ। यदि पोर्टफोलियोमा बदलाव आवश्यक लाग्छ भने स–साना बदलाव गर्न सकिन्छ।

३, चरणबद्ध रुपमा सेयर खरिद गर्नुहोस्

बजारमा करेक्सनका कारण एक महिना अघिसम्म ओभरभ्याल्युड रहेका कयौं कम्पनीका सेयरहरु आकर्षक मूल्यमा पाइने गर्छ।

यस्तो समय भनेको कम भ्यालुएसनमा प्राप्त भइरहेका राम्रा कम्पनीका सेयरहरु खरिद गर्ने अवसर हो। तथापि गिरावट कतिबेला थामिन्छ भन्ने कसैले पनि ठोकुवा गरेर भन्न सक्दैन।

त्यसैले प्रत्येक गिरावटमा कम–कम मात्रामा सेयर खरिद गर्नु बुद्धिमतापूर्ण निर्णय हुन सक्छ। यसले सेयरको मूल्य एभरेजिङ हुन्छ।

४, हतारमा निर्णय नलिनुहोस्

अर्थतन्त्र र बजारको मुड चक्रिय हुन्छ भन्ने तथ्यलाई सधैं याद गुर्नपर्छ। जसरी बजारमा तीव्रताका साथ वृद्धि आउँछ त्यसरी नै गिरावट पनि आउँछ सक्छ।

गिरावटका बेला आत्तिएर हतारमा सेयर बिक्री गर्नु राम्रो रणनीति मानिदैन। राम्रा कम्पनीका सेयरहरुले दीर्घकालमा राम्रो प्रतिफल दिने गर्दछन्।

५, पोर्टफोलियोमा विविधता ल्याउनुहोस्

पोर्टफोलियोको विविधतालाई अस्थिर बजारमा लगानीलाई स्थिर राख्ने एउटा उत्तम उपायका रुपमा लिन सकिन्छ।

विविधताको अर्थ जोखिम उठाउने क्षमता वा लक्ष्यको हिसाबले अलग–अलग एसेस्टमा लगानीलाई वर्गीकरण गर्नु हो। यसको फाइदा भनेको एउटा एसेस्ट (जस्तै सेयर बजार) मा गिरावट आइरहेको छ भने त्यही बेला कुनै दोस्रो एसेस्ट(जस्तै सुन)मा गरिने लगानीले घाटालाई कम गर्छ।

prabhu mahalaxmi
kumari